सर्वोच्च बारका पदाधिकारी र प्रधानन्यायाधीश राणाबीच छलफल जारी

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस चलिरहेका बेला सर्वोच्च बारका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाबीच भेटवार्ता सुरु भएको छ । सर्वोच्च अदालतमा उनीहरुबीच भेटवार्ता केही बेरअघि सुरु भएको हो ।
पछिल्लो समय प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बसेका न्यायाधीशका विषयमा प्रश्न उठेपछि सर्वोच्च बारका पदाधिकारीले प्रधान्यायाधीश राणासँग भेटेर यसबारे छलफल गर्न लागेका हुन् ।
भेटवार्तामा प्रतिनिधि सभा विघटनका विषयमा चलिरहेको बहस, न्यायाधीशमाथिको प्रश्न र समसामयिक विषयमा छलफल हुने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस चलिरहदा इजलासमा बसेका न्यायाधीशबारे कानुनविदले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले न्यायाधीश छान्ने अधिकार अरुलाई नभएको भन्दै जवाफ दिएका थिए । जसको आलोचना भइरहेको छ भने बहस गर्ने कानुनविदले समेत त्यसमाथि टिप्पणी गर्दै आएका छन् ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया