शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

यू-१९ एसिया कपः नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

फाइल तस्बिर

काठमाडौँ- एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा डिसेम्बर ८ देखि १७ तारिखसम्म आयोजना हुने एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध खेल्ने भएको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल डिसेम्बर ८ तारिखमा हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अफगानिस्तानसँग डिसेम्बर १० तथा समूह चरणको अन्तिम खेल भारतसँग डिसेम्बर १२ तारिखमा खेल्ने तालिका रहेको छ ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र यूएई रहेका छन् ।