संवैधानिक इजलासमा परिवर्तन भएनन् न्यायाधीश

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन नगरी यथावत रुपमा सुनावाइ अगाडि बढाएका छन् । मंगलबारको सुनुवाइमा संवैधानिक इजलासमा राणाका अतिरिक्त न्यायाधीशहरू दीपककुमार कार्की, डा. श्री आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ सामेल छन् ।
कानुन व्यवसायीहरूले नेकपा विभाजन सम्बन्धि फैसलामा संलग्न न्यायाधीशहरूलाई राख्न नहुने माग राखेका थिए । महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश परिवर्तन गर्न नहुने अडान लिएपछि विवाद उत्पन्न भएको थियो । इजलासमा बस्ने वा नबस्ने आफै निर्णय लिन आइतबारको इजलास हेर्दाहेर्दैमा टुंगिएको थियो ।
प्रधानन्यायाधीश राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजलासममा आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ छानेका थिए ।
कांग्रेस सभापति देउवाको नेतृत्वमा १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको थियो । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।
उक्त रिट निवेदनमा देउवालाई समर्थन गर्ने सांसदहरूलाई दल त्याग ऐनअनुरुप कारबाही गर्न नमिल्ने जिकीरसहित अदालतले त्यसमा पनि आदेश गर्नुपर्ने माग राखेका थिए । त्यसअतिरिक्त कानुन व्यवसायीहरूको तर्फबाट प्रतिनिधि सभा पुन:स्थापना निम्ति ३० वटा रिटमाथि सुनुवाई हुँदैछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया