दार्चुलाबाट कैलाली झरेका दम्पती फूलखेतीमा रमाउँदै

कैलाली- तिहार पर्व भन्नासाथ प्रायः सबैको मनमा झल्को आइहाल्छ- ढकमक्क फूलेका सयपत्री, मखमलीलगायत विभिन्न प्रजातीका फूलहरू ।
फूलहरूको पर्वको रूपमा चिनिने तिहार घर आँगनमा भित्रँदै गर्दा धनगढी उपमहानगरपालिका-६ कि पुष्प व्यवसायी सुशिला विष्टलाई अहिले तिहारको व्यस्तताले फूल टिप्न र माला बनाउन भ्याईनभ्याई भएको छ । पछि एकैचोटि मालाको माग बढ्ने भएकाले अहिलेदेखि नै माला बनाएर राख्नु परेको विष्टले बताइन् ।
उनलाई व्यवसायमा श्रीमान शंकर विष्टले साथ दिइरहेका छन् । फूल टिप्न व्यस्त रहेका शंकरले श्रीमतीसँगै काम गर्न पाउँदा दामसँगै आगामी योजनासमेत बनाउन मिल्ने भन्दै सुरूवाती चरणदेखि नै सँगसँगै फूलखेतीमा काम गरिरहेको बताए ।
न्यू बन्डोली एण्ड कन्सर्न फर्म दर्ता गरेर करिब डेढ बिगाहा जग्गामा गत बैशाखदेखि व्यवसायिक फूल खेती गर्न सुरू गरेको शंकरले सुनाए । व्यवसायिक फूलखेतीभन्दा पनि २/३ वर्ष पहिला आफूले २/३ कट्ठा जग्गामा फूल लाउने गरेको बताए । सुरुमा दार्चुलाबाट कैलाली झर्दा के गरेर बस्ने भन्ने चिन्ता भएपनि अहिले त्यो अन्यौलता भने नरहेको विष्टले बताए ।
फूल र माला लिनका लागि अहिले मानिसहरू बारीमै आउने गरेको सुनाउँदै सुशिलाले अर्डर अनुसार घरमै समेत पुर्याउने गरेको बताइन् ।
संघर्ष र चुनौतीका बीच अहिले फूलखेतीले केही भए पनि राहत दिएको सुशिलाले बताइन । उनले अहिले फूलका मालाहरू नबिग्रिउन भन्नका लागि चिस्यान केन्द्रसमेत निर्माण गरेको बताइन् । चिस्यान केन्द्रमा २ हजार वटासम्म तयारी माला भण्डार गर्न सकिने उनले सुनाइन् ।
फूलको बिरुवा रोपेपछि तीन महिनामा आम्दानी दिन्छ । प्रतिफूलको बिरुवामा कम्तीमा एक सय वटा फूल फूल्यो भने राम्रो आम्दानी हुने सुशिलाको भनाइ छ । बजारमा हाल प्रतिमाला औसत १०० देखि १२० रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताइन् ।
कैलालीमा पछिल्लो समय तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ । धनगढी उपमहानगरपालिकाले फूलखेती गर्न इच्छुकलाई केही समय पहिला व्यवसायिक फूलखेतीको तालिम दिएपछि अहिले फूलखेती गर्नेहरूको संख्यामा समेत बढोत्तरी भएको छ ।
सयपत्री फूलको सुगन्धले चाडपर्वको माहौललाई थप उल्लासमय बनाएको छ । बाह्रै महिना फूल्ने भए पनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ ।
पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फूल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फूल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।
धनगढीमा फूल व्यवसाय गर्नेहरू :

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया