अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

काठमाडौँ : अर्थशास्त्री डा. गोविन्द बहादुर थापाको निधन भएको छ । कोभिड–१९ संक्रमित थापाको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
थापा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेकपा एमालेको सरकारको बजेट निर्माणमा संलग्न थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग थापाको निकटता थियो । अधिकारी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा पनि थापा सल्लाहकार थिए । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी थापाले सरकारमा रहेर पनि विभिन्न नीति निर्माणमा योगदान गरेका थिए ।
थापाले एसियाली विकास बैंक (एडीबी) मुख्यालय फिलिपिन्समा पनि काम गरेका थिए ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया