शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

टी-ट्वान्टी सिरिजका लागि २२ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ- हङकङमा आयोजना हुने टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि २२ खेलाडी बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बन्द प्रशिक्षणका लागि २२ महिला खेलाडीलाई बोलाएको हो ।

हङकङकमा नोभेम्बर १५ देखि १९ तारिखसम्म आयोजना हुने चारदेशीय टी-ट्वान्टी सिरिजमा हङकङसँगै नेपाल, युनाइटेड अरब इमिरेट्स र मलेसियाको सहभागिता रहनेछ ।

बन्द प्रशिक्षणमा पर्ने खेलाडीः

रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी ।