पाटन अस्पतालमा आकस्मिकबाहेकका अन्य सेवा ठप्प

काठमाडौँ- पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेका छन् । औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेका थिए । आन्दोलित आवासीय चिकित्सकले अस्पतालको अन्य सेवा ठप्प पारेका हुन् ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।
शनिबार दिउँसो पाटन अस्पतालमा भर्ना भएका बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै उनीहरूको मृत्यु भएको थियो ।
कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभए र हातपात गर्नेलाई पकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
शनिबार दिउँसो नर्सले सुई मार्फत एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै बिरामीको मृत्यु भएको थियो । चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले आपत्ति जनाएका छन् ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया