शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

क्रिकेट विश्वकपः अफगानिस्तानले अस्ट्रेलियासँग खेल्दै

काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज अफगानिस्तानले अस्ट्रेलियाविरुद्ध खेल्दैछ ।

अफगानिस्तान र अस्ट्रेलियाबीचको खेल मुम्बईस्थित वान्खेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा अस्ट्रेलियाले ७ मध्ये ५ खेलमा जित हात पारेको छ । अस्ट्रेलिया १० अंकसहित तेस्रो स्थानमा छ ।

यता अफगानिस्तानले ७ मध्ये ४ खेलमा जित हात पार्दै ८ अंक जोडेको छ । अफगानिस्तान भने छैटौँ स्थानमा छ ।

आजको खेलमा अस्ट्रेलियाले जित हात पारेको खण्डमा उसले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

यता सेमिफाइनलको सम्भावना कायमै राख्न अफगानिस्तानले भने अस्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ ।

१६ अंक जोडेको आयोजक भारत र १२ अंक हात पारेको दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन् ।