भूकम्प पीडितलाई एनआरएनए र पूर्वाध्यक्ष शेष घलेको मल्हम, एक करोड बढी आर्थिक सहयोग संकलन

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) र संघका पूर्व अध्यक्ष डा. शेष घलेको अगुवाइमा भूकम्प पीडितका लागि राहत संकलन गरिएको छ । आइतबार एनआरएनए र घलेको संस्था एमआइटी ग्रुप फाउण्डेशनको संयुक्त बैठकले राहत तथा उद्धारका लागि राहत संकलन गरेको हो ।
पहिलो चरणको राहत संकलनमा एक करोडभन्दा रकम संकलन भएको छ । यसमा संघका पदाधिकारीले जनही पचास लाख रुपैयाँ उपलब्ध गराएका छन् । उठेको रकम स्थानीय र जिल्ला प्रशासनसँग समन्वय गरेर हस्तान्तरण गरिने संघले जनाएको छ । सामाजिक कार्य गर्न संघले स्थापना गरेको एनआरएनए ग्लोबल फाउण्डेशनमार्फत् एमआइटी ग्रुप फाउण्डेशनसँग राहत तथा उद्धारका लागि समन्वय र सहकार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
सोमबार दुवै फाउण्डेशनका तर्फबाट पहिलो चरणको राहत वितरण भइसकेको छ । स्थानीयसँगको समन्वयमा भूकम्पबाट अति प्रभावित क्षेत्र रुकुमकाे आठबीसकोटका पीडितका लागि संघका ब्राण्ड एम्बेस्डर दिपेश खत्रीको नेतृत्वमा १ हजार थान कम्बल र खाद्यान्न लिएर एक टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।
शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब चार सय घाइते भएका छन् ।
एनआरएनएसहित अहिले विभिन्न संस्थाले भूकम्प पीडितका लागि राहत संकलन गरिरहेका छन् ।

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

प्रतिक्रिया