राष्ट्रपतिले गरे युरोप भ्रमण स्थगित

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । सोमबार राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेले राष्ट्रपति पौडेलको भ्रमण स्थगित भएको जानकारी दिएका हुन् ।
राष्ट्रपतिको सचिवालयद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपत्ति आइरहेको बेला मुलुक छाड्न नहुने निष्कर्षका साथ भ्रमण स्थगित गरिएको जानकारी दिइएको छ ।
‘भ्रमण नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले यो बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेले युरोप भ्रमण स्थगित गर्नुभएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा जाने निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।
गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएका थिए ।

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

प्रतिक्रिया