ब्राजिलमा कोरोना मृत्युदरमा कमी आएन

साओ पाओलो : ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ ।
यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार ९३१ जनाको ज्यान गएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन । कतिपय दिन यहाँ संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ ।
अधिकारीहरुले संक्रमितहरु यहाँका अस्पतालहरूमा ठूलो संख्यामा रहेका पाइएको छ । अधिकारीहरुले अहिले पनि यहाँका बिरामीको चाप थेग्न सकेका छैनन् । यहाँ गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना संक्रमितहरु भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।
त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ब्राजिलका अधिकारीहरुले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया