शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

त्रासमा जाजरकोट र रुकुमवासी, घर देखेरै डराउँछन् स्थानीय

सुर्खेत- भूकम्पले घर चर्किएपछि जाजरकोट भेरी नगरपालिकाका गणेश खत्री घरभित्र छिर्न डराउँछन् ।

भूकम्प गए यता भत्किएको घरको अगाडिपट्टिको सडक छेउमा सुतेर उनले रात बिताए । भएको सामान जति घरमै पुरिएको छ । सामान निकाल्न जान उनलाई डर लाग्छ । शुक्रबार राति भुइँचालो जाँदा उनको घरको आधा भाग पूर्ण रूपमा क्षति भएको छ तर उनी सुतेको कोठा भने भत्किएन ।

'मेरो कोठामा भएको सामान निकाल्न जान पनि डर छ, मान्छे चढ्ने बित्तिकै भत्किएला जस्तो गरी चर्किएको छ,’ उनले भने, ‘सडक र चौरमै भए पनि सुतेर रात बितायौँ ।’

भेरी नगरपालिका–३ कै जगत विकको सात जनाको परिवार पनि आइतबार पनि सडक छेउमै रात बिताउँदै छन् । घरभित्र गए फेरि घर भत्किएर मरिन्छ भन्ने मानसिकतामा छन् उनकाे परिवार ।

उक्त गाउँका सुशिला खत्रीको छ जनाको परिवारले पनि सडक छेउमै रात बिताउँदै आएका छन् । उनीहरूजस्तै जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितहरू आफ्ना चर्किएका घरहरू भन्दा बाहिर सडक छेउ र खुला चउरमा रात बिताउँदै बाध्य छन् ।

भूकम्पले अधिकांश घर भत्किएका कारण यहाँका स्थानीय घर भन्ने बित्तिकै डराउने गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरीले बताए । ‘घर भन्ने बित्तिकै सुरक्षित स्थान हो तर, यहाँ त्रासको वातावरण छ,’ उनी भन्छन्, ‘सुरक्षित हुन मानिसहरू घरमा आउँछन् तर घर देखेरै भाग्छन् ।’

भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाका अधिकांश घरहरूमा क्षति भएको गाउँपालिकाका अध्यक्ष गिरीले बताए । ‘यहाँका शतप्रतिशत घरहरूमा नै क्षति पुगेको छ । धेरैजसो घरहरू ढलेका छन् भने केही घरहरू बस्न मिल्ने अवस्थामा छैनन्,’ उनी भन्छन्, ‘यहाँ सबैभन्दा मुख्य समस्या भनेको पुनर्निर्माणको रहेको छ, सरोकारवाला सबै निकाय पुनर्निर्माणका लागि अघि बढ्न आवश्यक छ ।’

यस पालिकामा मात्र एक हजार परिवार विस्थापित रहेको उनले बताए । अहिले मुख्य समस्या भनेको विस्थापित परिवारलाई सुरक्षित कसरी राख्ने भन्ने रहेको गिरीले बताए । राहत एकद्वार प्रणालीमार्फत् आउनुपर्ने उनकाे भनाइ छ । 

शुक्रबार मध्यराति ११ः४७ बजे गएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिकाका अधिकांश घरहरू क्षतविक्षत छन् । मध्यरातमा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले बारेकोट–१ लाई केन्द्रबिन्दु बनाए पनि त्यहाँ कुनै मानवीय क्षति भने भएन । दिनभर जसोतसो बसे पनि साँझ पर्दै गएपछि भूकम्प प्रभावितहरू हतास देखिएको अध्यक्ष गिरी बताउँछन् ।

‘अवस्था अत्यन्त भयानक बनेको छ, मानिसहरू बारीका पाटामा र रुखका फेदमा आश्रय लिएर बसेका छन्,’ अध्यक्ष गिरीले भने, 'चिसो बढेका कारण भूकम्प प्रभावितहरूको व्यवस्थापनमा कठिनाइ भइरहेको छ । प्राप्त राहतहरू व्यवस्थापन भइरहेको पनि उनले जनाए । 

मध्यरातमा आएको भूकम्पमा परी जाजरकोटका १०५ जनाले ज्यान गुमाएका छन् भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । भूकम्पका कारण दुई जिल्लाका हजारौं नागरिक सडकमा आश्रय लिन बाध्य छन् । भूकम्पमा परी डेढ सय बढी नागरिक घाइते भएका छन् ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…