भूकम्प अपडेटः भेरी अस्पतालमा उपचाररत तीन जनाको अवस्था गम्भीर

काठमाडौँ- नेपालगञ्जको भेरी अस्पतालमा भूकम्पमा परी घाइते भइ उपचार गराउनेको संख्या ३९ पुगेको छ । घाइते बिरामीको अवस्था सामान्य रहेको सबैजनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
बालबालिका तथा ज्येष्ठ नागरिकसहित महिला २१ र १८ पुरुष सहित ३९ जनाको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. पवनजंग रायमाझीले इकागजलाई जानकारी दिए ।
अस्पतालमा ल्याएका मध्ये एकजनाको घाइतेको मृत्यु भइसकेको उनले बताए । अन्य घाइते बिरामीको अवस्था भने सामान्य रहेको डा. रायमाझीको भनाइ छ ।
‘बाहिरी अस्पतालमा पठाउनुपर्ने कुनै बिरामी छैनन्,’ डा. रायमाझीले इकागजसँगको टेलिफोन संवादमा भने,’ तीन जनाको अवस्था गम्भीर भएकाले भर्ना गरिएको छ । गर्भवती महिलाको पेटमा बच्चा खराब भएकाले भर्ना गरेर राखिएको छ ।‘
उनका अनुसार घाइतेहरूलाई छातीमा चोट, टाउकोमा हात र खुट्टा भाँचिएका छन् । अधिकांश घाइतेहरूको हातखुट्टामा चोट छ । पाँच जनाको शल्यक्रिया भइसकेको छ ।
गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केल भूकम्पबाट घाइते भएका ३८ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो ।
अस्पतालमा भएका सबै चिकित्सकलाई परिचालित गरिएको छ । जिल्लाका सबै स्थानीय तहले घाइतेको उपचारका लागि आफ्ना मातहतका स्वास्थ्यकर्मी पठाएर उपचारमा सहयोग गरिरहेको उनले जानकारी दिए ।
‘स्थानीय तहले स्वास्थ्यकर्मी पठाएर उपचारमा सहज भएको छ,’ उनी भन्छन् । अस्पताल परिसरमा रहेको सञ्चालनमा नआएको नयाँ भवनमा राखी घाइतेहरूको उपचार भइरहेको उनले बताए ।
अस्पतालको तल्लो भागमा ४२ वटा शैय्या थपेर राखेको डा. रायमाझीले जानकारी दिए । ८० जना बिरामीको उपचार सहजै गर्न सक्ने गरी संरचना तयार गरिएको उनको भनाइ छ । त्यैगरी एक जना घाइतेलाई अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले जानकारी दिए ।
गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केल भूकम्प गएको थियो । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ५७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरि विभिन्न अस्पतालमा गरी १७० जनाको उपचार भइरहेको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया