डोटीमा जिप दुर्घटनाः चारको मृत्यु, पाँच घाइते

कैलाली - डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे दुई बजे केआइसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका -६ अन्यौल डोटीमा सडकबाट करिब ६० मिटर तल खस्दा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा हिमाली गाउपालिका -५ बाजुराकी २२ वर्षीया राधिका मलाल, राधिका कि ८ महिनाकी छोरी प्रार्थना मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा र ६ बर्षिया धनशोभाकी छोरा कबिन्द्र बुढा रहेका छन । चारै जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै दुर्घटनामा परि हिमाली गाउँपालिका -५ बाजुराकै प्रकाश बुढा, दान बहादुर बुढा, खोम बहादुर मलाल, बिमला मलाल र राज बहादुर मलाल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तबले जानकारी दिएका छन ।
घाइतेको डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया