रुकुम पश्चिममा भूकम्पबाट ५२ जनाको मृत्यु
रुकुम पश्चिम - रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । हिजो रातिदेखि सुरु भएको उद्धार शनिबार साँझ सकिएको हो ।
भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
निरीक्षकक खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ । भैँचालोबाट अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० गरेर ५२ जनाको मृत्यु भएको हो । घाइते भएका एक सय ७४ जनाको अस्पतालबाट घर फर्केका छन् ।
भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाएको थियो । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ । मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले अब आजदेखि राहत सामग्री वितरण गरिने आठबीसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया