सिन्धुपाल्चोकका तीन स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख सहयोग गर्ने

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकका तीन वटा स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख सहयोग गर्ने भएका छन् ।
बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख गरी ३५ लाख सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।
बोहोराले विपद्को समयमा सहयोग गर्नुपर्छ भनेर तीन स्थानीय तहबीच समन्वय गरी ३५ लाख सहयोग गर्ने निर्णय गरेको बताए । उनले भने, जिल्लाका सबै स्थानीय तहसँग सहयोगका लागि समन्वय गरेका छौं, अहिले तीन पालिकाले सहयोग रकम घोषणा गर्यौं बाँकीले पनि विस्तारै गर्नुहोला ।
सहयोग गर्ने यी तीनवटै स्थानीय तहमा नेपाली काँग्रेसले जितेको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ ।
२०७२ सालमा गएको भूकम्पमा सिन्धुपाल्चोकमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया