बागमती प्रदेश सभामा प्रि-बजेट छलफल सुरु

हेटौंडा : बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेस भई छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सदनमा विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरे । त्यसपछि सुरु छलफलमा १४ सांसदले बजेटको सिद्धान्त र प्राथमिकताबारे धारणा राखेका छन् ।
छलफलमा भाग लिँदै पूर्वमन्त्री तथा प्रदेश सांसद युवराज दुलालले बजेटको सिद्धान्त र प्राथमिकता सरकारले बुझेर नल्याएको बताए । ‘बजेटको सिद्धान्त र प्राथमिकतामा जे हुन्छ त्यो नीति तथा कार्यक्रम र बजेटमा समावेश भएर आउनुपर्ने हो, तर विगतदेखि त्यसो हुन सकेको छैन,’ उनले भने ।
आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट सामान्य नागरिकलाई माथि उकास्ने खालको आउनुपर्ने दुलाले बताए । सरकारको प्राथमिकता मानव संशाधन विकास हुनुपर्नेमा चालु वर्षमा पनि त्यसो हुन नसकेको र आगामी बजेटको प्राथमिकतामा नपरेको उनको भनाइ छ ।
सांसद रमेश पौडेलले खोपसम्बन्धी सरकार नबोलेको भन्दै कपि-पेस्ट गरेर गएका वर्षहरूको सारसक्षेपमा आएको सिद्धान्त र प्राथमिकताको औचित्य नभएको बताए । उनले तत्काल जनताको आवश्यकता अनुरुपका योजना सिद्धान्त र प्राथमिकतामा कतै नभेटिएको भन्दै आक्रेश पोखे ।
सांसद विशाल खड्काले दस्तावेज जसरी देखाउन मात्र बजेट आएको भन्दै पुनःविचार गर्न आग्रह गरे । सांसद शोभा शाक्यले कोभिड फोकस भएर बजेट ल्याउन माग गरिन् ।
सांसद रत्न प्रसाद ढकालले पर्यटन, बन्द उद्योगहरूलाई संचालन गर्ने कुनै नीति नदेखिएको बताए । उनले स्वास्थ्यलाई प्राथमिकता मात्र दिएको भनिए पनि प्रथमिकता के-के मा दिइने नखुलाएको बताए ।
सांसद जगतबहादुर सिम्खडाले सरकारको सिद्धान्त नागरिकको गास, बास, कपास, शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनुपर्ने र प्राथमिकता सबैको घरमा पिउने पानी पुग्नुपर्ने, विजुली बल्नुपर्ने बताए । तर सरकारको प्राथमकिता लकडाउन गरेर घरमा सुत्ने भएको भन्दै आक्रेश व्यक्त गरे । कमिसनको खेलमा सरकारले पूर्वाधारबिनै विद्युतीय बस खरिद गर्न लागेको उनको बताए ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री ढुंगेलले आवश्यकता अनुसार आएको सुझावलाई ग्रहण गर्दै नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताए । बागमती प्रदेश सभा अर्का सूचना नभएसम्मको लागि स्थगित भएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया