भूकम्प पीडितका लागि बागमती सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग गर्ने

मकवानपुर- जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
बागमती सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितकाे प्रभावकारी उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।
‘विपद्काे घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारकाे साथमा रहनेछ,’ मन्त्री श्रेष्ठ भने, ‘भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली र आफन्तजनहरूमा समवेदना व्यक्त गर्दै घाइतेहरूकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
श्रेष्ठले विपद्काे घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरूलाई आग्रह समेत गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
कांग्रेसले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारका लागि उक्त रकम उपलब्ध गराउने जानकारी गराएको हो ।
कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परेर ठूलो क्षति भएको छ । कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला हृदयले मानवीय सेवामा जुट्न आग्रह गरेको छ ।
यसैगरी भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचार बारे निर्णय गर्न हाल सिंहदरबारमा बैठक जारी छ ।
बैठक उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाइएको छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया