घाइतेहरूको उपचारका लागि प्रदेश अस्पतालमा मेडिकल क्याम्प

सुर्खेत- कर्णाली प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालीबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ ।
भूकम्पमा परि घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालीबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए ।
सिलवालका अनुसार अनुसार अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको हो ।
जाजरकोटमा केन्द्रविन्दु भएर आएको भुकम्पमा परि हालसम्म एक सय ३२ जनाले ज्यान गुमाएका छन् भने सयौको संख्यामा घाइते भएका छन् । घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बरबहादुर खड्काले बताए । उनका अनुसार प्रदेश अस्पताल हाल २९९ शय्याको छ ।
अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया