शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

भारतीय अलराउन्डर हार्दिक पाण्ड्याले विश्वकपका बाँकी सबै खेल गुमाउने

काठमाडौँ- भारतीय अलराउन्डर हार्दिक पाण्ड्याले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका बाँकी सबै खेल गुमाउने भएका छन् ।

आईसीसीले शनिबार हार्दिकले विश्वकपका बाँकी सबै खेल गुमाउने जनाएको हो । हार्दिकको स्थानमा फास्ट बलर प्रसिद्ध कृष्णलाई भारतीय टिममा स्थान दिइएको छ ।

जारी विश्वकपअन्तर्गत नै बंगलादेशविरुद्धको खेलका क्रममा हार्दिक घाइते भएका थिए । उनको बाँया खुट्टाको एंकलमा समस्या देखिएको थियो ।