क्रिकेट विश्वकपः पाकिस्तानले न्यूजिल्यान्डको सामना गर्दै

काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज दुई खेल हुने तालिका रहेको छ ।
बेँग्लुरुस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार बिहान १०:४५ बजेबाट सुरु हुने पहिलो खेलमा पाकिस्तानले न्यूजिल्यान्डको सामना गर्दैछ ।
जारी विश्वकपमा अघिल्ला ७ मध्ये न्यूजिल्यान्डले चार खेलमा जित हात पार्दै ८ अंक जोडेको छ । ७ मध्ये ३ खेलमा मात्र जित हात पार्न सफल भएको पाकिस्तानको भने ६ अंक छ ।
अंक तालिकामा न्यूजिल्यान्ड चौँथोँ स्थानमा हुँदा पाकिस्तान छैटौँ स्थानमा छ । सेमिफाइनलको सम्भावना कायम राख्न दुवै टिमलाई जितको आवश्यकता रहेको छ ।
यता अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आजै दिउँसो २:३० बजेबाट सुरु हुने खेलमा साविक विजेता इंग्ल्यान्डले अस्ट्रेलियाको सामना गर्नेछ ।
६ खेल खेलेको अस्ट्रेलिया ४ जित हात पार्दै ८ अंक जोडेको छ । यता ६ मध्ये केवल १ खेल जितेको इंग्ल्यान्डको भने २ अंक मात्र छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया