व्यवसायी आफैँ आए करको दायरामा

मकवानपुर- व्यवसायीलाई करको दायरामा ल्याउने र घरेलु उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले व्यवसाय दर्ताका लागि शिविर सञ्चालन गरिरहेको छ ।
शिविर सञ्चालन गरेपछि साना व्यवसायीहरू आफैँ उत्साही हुँदै करको दायरामा आएको प्रवक्ता सविन न्यौपानेले बताए । करको दायरा बाहिर रहेका व्यवसाय दर्ताका लागि सञ्चालन गरेको शिविरमा हालसम्म १०६ वटा व्यवसाय दर्ता भएका छन् । हेटौंडा–१९ नम्बर वडा कार्यालयबाट गत सोमबारदेखि सुरु गरेको शिविरमा हिजो बिहीबारसम्म १०६ वटा व्यवसाय दर्ता भएका छन् ।
यस्तै अन्य २२ वटा व्यवसाय दर्ताको प्रकृयामा रहेका छन् । १९ नम्बर वडा सचिव राजेन्द्रनाथ पोखरेलका अनुसार वडामा दर्ताबिना सञ्चालनमा रहेर करको दायरा बाहिर रहेका धेरै व्यवसाय दर्तामा आएका छन् । 'दर्ताबिना सञ्चालनमा रहेका वडा भित्रका धेरै व्यवसाय दर्ता प्रकृयामा सहभागी हुँदै उपमहानगरलाई कर तिर्ने अवस्थामा पुगेका छन्,' पोखरेलले भने ।
दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र हस्तान्तरण गरिसकेको छ भने प्रकृयामा रहेकालाई प्रमाणपत्र बनाएर वितरण गर्ने सचिव पोखरेलले बताए ।
हेटौंडा बजार क्षेत्र भन्दा बाहिर वडाहरूमा रहेर बिनादर्ता व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई लक्षित गर्दै उपमहानगरका वडाहरूमा व्यवसाय दर्ता शिविर सञ्चालन गरेको हो । उपमहानगरपालिका हरेक वडामा ३ दिनका दरले शिविर सञ्चालन गर्ने तयारी रहेको राजश्व प्रशासन शाखाका प्रमुख श्यामकृष्ण श्रेष्ठले बताए ।
शिविरसँगै आन्तरिक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपछि उपमहानगरमा सूचीकृत नभएका व्यवसायीलाई दर्ताका लागि पछिल्लो तीन वर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुविधा उपमहानगरले दिएको छ । अब व्यवसाय दर्ताको समय जति भए पनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउने सुविधा उपमहानगरले दिएको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया