महामन्त्री कोइरालाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

कावासोती : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नवलपरासीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोइरालाले आफ्नै व्यक्तिगत खर्चमा १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जिल्लाको गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यबिन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
महामन्त्री कोइरालाले सोमबार ६ वटा अक्सिजन कन्सन्ट्रेटर, १० वटा अक्सिजन सिलिन्डर , २३००० सर्जिकल माक्स, फेसशिल्ड ५६० वटा, सेनिटाइजर २३० लिटर , आइसियु बेड २ वटा, पीपीई २५० थान सामग्री स्वकीय सचिव भरत तिवारीमार्फत जिल्लामा पठाएका हुन् ।
स्वास्थ्य सामाग्री सोमबार नै सबै संघ-संस्थालाई हस्तान्तरण गरिएको काङ्ग्रेस नेता महेन्द्र पोख्रेलले जानकारी दिए । नेपाली कांग्रेस कोभिड-१९ समिति नवलपुरका संयोजक सुरज गुरुङले जिल्लाका अन्य पालिकामा पनि क्रमैसँग सहयोग गरिने बताए ! नेपाली कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले कांग्रेसले प्रभावित क्षेत्रको आधारमा स्वास्थ्य सामग्री वितरण गर्ने बताए ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया