१० वर्षपछि नेपाल टी-ट्वान्टी क्रिकेट विश्वकपमा

काठमाडौँ- नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि छनोट भएको छ ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक टी-ट्वान्टी विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । नेपालले १० वर्षपछि पुनः विश्वकप खेल्ने भएको हो ।
आजको खेलमा जितका लागि चाहिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा पूरा गर्यो ।
यसअघि यूएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया