कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त

हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले लम्साललाई संसदीय दलको सचेतकमा नियुक्ति गरेका हुन ।
लामाले लम्साललाई काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११(१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
गत पुसमा बागमती प्रदेश संसदीय दलको नेतामा लामा निर्वाचित भएपछि दोलखाबाट प्रदेश सभामा निर्वाचित कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । काफ्लेले गत भदौ १८ मा सचेतक पदबाट राजीनामा दिएका थिए ।
प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त लम्साल २०७९ मा भएको निर्वाचनमा धादिङ २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया