आर्थिक वृद्धिका लागि सरकारले विशेष कार्ययोजना ल्याउने : प्रधानमन्त्री
बुटवल - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्ययोजना ल्याउने तयारी गरेको बताएका छन् ।
आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरू सुधारोन्मुख भएको दाबी गर्दै उनले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गरे ।
बुटवल आम्दा अस्पतालको २५औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंकको ब्याजदरसमेत बिस्तारै घटिरहेको उल्लेख गरे । बैंकको ब्याजदरलाई सकेसम्म सिंगल डिजिज नभए पनि १० प्रतिशतभन्दा कमनै राख्ने गरी प्रयास जारी रहेको उल्लेख गरे ।
यसैगरी मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै निराशा नहुन आग्रह गरे । मुलुकमा रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको उल्लेख गरे । यसैगरी पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको, राजश्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उल्लेख गरे ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया