कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल ग्रुपबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियास्थित सनवे मेडिकल ग्रुपले स्वास्थ्य सेवा, अनुसन्धान र शैक्षिक कार्यक्रमको विषयमा सहकार्य गर्न सम्झौता गरेको छ ।
मंगलबार मलेसियाको राजधानी क्वालालम्पुरमा प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र सनवेका अध्यक्ष डा लाउ विङ लङले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सोही कार्यक्रममा मलेसियाका लागि नेपालका राजदूत डिल्ली राज पौडेलको समेत उपस्थिति थियो ।
सनवे मेडिकल ग्रुप मलेसियामा निजी क्षेत्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सबैभन्दा ठूलो ग्रुप रहेको रावलले बताए । ‘हामीले संस्थागत आपसी हितका लागि द्धीपक्षीय सम्झौँता गरेका छौँ,’ उनले भने ।
उनका अनुसार विशेषत उपचार सेवा, शैक्षिक अनुसन्धान र शैक्षिक कार्यक्रमका लागि सहयोग आदान प्रदान हुनेछ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई फेलोसिप, तालीम, तथा सिकाईमा सनवेले सहयोग गर्दछ ।
‘हामीले पनि उनीहरूका लागि केही अवसरहरू उपलब्ध गराउन सक्छौँ । हाम्रो उदेश्य कर्णालीमा उत्कृष्ट सेवा र दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने हो । त्यसका लागि विश्वका विभिन्न देश र संस्थासँग हामीले सहकार्य गरेका छौँ र गर्ने छौँ,’ उपकुलपति डा रावलले भने ।
उनले अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा यो महत्वपूर्ण कदमको प्रतिनिधित्व हो भन्दै यसले स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा दुबै संस्थाहरूको लागि बहुमूल्य साझेदारी र अवसरहरूको नेतृत्व गर्ने बताए ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया