बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक अलपत्र

झापा - बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज २० गते निर्माण सम्पन्न गर्ने गरी रु ११ करोड ७० लाखमा ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारणसमेत बजेटमा समस्या भएको उनले बताए ।
“गत आर्थिक वर्षमै काम सकेको भए बजेटको समस्या हुने थिएन”, उनले भने, “चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयमा यस सडक निर्माणको बजेट समावेश नहुँदा समस्या भएको हो । पहल गरिरहेका छौँ ।”
उनले पूर्वपश्चिम राजमार्गसँग सीमा जोडिएको कमल गाउँपालिका–६ मा बन्दै गरेको सडकको सबै काम पूरा भए पनि बजेट अभावमा कालोपत्र गर्न नसकिएको बताए । उनका अनुसार ठेकेदार कम्पनीले छ करोड ५० लाख भुक्तानी पाइसकेको बताए ।
पुरानो कालोपत्रे भत्काएर नयाँ निर्माणको कामसमेत नभएपछि हाल धुलोका कारण स्थानीयवासी हैरान भएका छन् । दुर्घटनाको जोखिम बढ्नुका साथै ज्येष्ठ नागरिक, बालबालिका, बिरामीलाई थप समस्या परेको स्थानीयवासीको भनाइ छ ।
सूचना अधिकारी देवले सडक बन्द गराउन र खुलाउन भन्दै दैनिकजसो सडक डिभिजन कार्यालय दमकमा ज्ञापनपत्र लिएर स्थानीयवासी, जनप्रतिनिधि आइरहेको बताए । उनले सो सडकको निर्माण कार्य पूरा गर्नका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा अर्थमन्त्रालयमा फाइल समावेश गरी बजेट निकासाका लागि पहल गरिरहेको बताए । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया