दशैंको अवधिमा दुर्घटनाबाट सुदूरपश्चिममा नाै काे मृत्यु

कैलाली । सुदूरपश्चिममा दशैंको अवधिमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनाकाे याे तथ्यांक रहेकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले दशैंको अवधिमा पाँच जिल्लामा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु र ११ जना घाईते भएको बताए ।
सबैभन्दा बढी दुर्घटनामा कैलालीमा भएका थिए । यहाँ १० दुर्घटना भएका थिए । जसमा पाँच जनाको मृत्यु भएको थियो । डडेल्धुरा, बझाङ, अछाम र बाजुरा भने एक/एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।
त्यस्तै सोही अवधिमा नियम उल्लंघन गरि सवारीसाधन चलाउने दुई हजार ३ सय ८६ कारबाहीमा १५ लाख ४ हजार राजश्व असुली गरिएको उप्रेतीले जानकारी दिए ।
गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया