न्यूजिल्यान्डका कप्तान विलियम्सनले दक्षिण अफ्रिकाविरुद्ध खेल गुमाउने
काठमाडौँ- न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध खेल पनि गुमाउने भएका छन् ।
दक्षिण अफ्रिका र न्यूजिल्यान्डबीचको खेल पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
तर बंगलादेशविरुद्धको खेलका क्रममा हातमा चोट बोकेका विलियम्सनले दक्षिण अफ्रिकाविरुद्ध खेल गुमाउने न्यूजिल्यान्ड क्रिकेटले जनाएको छ ।
बंगलादेशविरुद्धको खेलका क्रममा ७८ रन बनाएर ‘रिटायर्ड हर्ट’ भएयता विलियम्सनले अफगानिस्तान, भारत र अस्ट्रेलियासँगको खेल गुमाइसकेका छन् ।
न्यूजिल्यान्डले अर्को खेल नोभेम्बर ४ मा पाकिस्तानविरुद्ध खेल्दैछ । विलियम्सनले सो खेल खेल्ने वा नखेल्ने अहिले निर्णय भने लिइएको छैन ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया