शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

कैलाली- पूर्वपश्चिम राजमार्गको गोदावरी नगरपालिका क्षेत्रमा मंगलबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

गोदावरी नगरपालिका- ६ खैरेनापुल नजिक पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सोही नगरपालिका-४ बस्ने वर्ष २६ को राजु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिँदा चौधरीको टाउको र खुट्टामा चोट लागेकाले मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति नै मृत्यु भएको बताए ।

मृतक चौधरीको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डिएसपी चन्दले बताए ।