सवारी दुर्घटनामा दुईको मृत्यु, एकजना गम्भीर घाइते

धुलिखेल- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसारेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज दिउँसो कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी छ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने वर्ष ५० को शिवविक्रम केसी रहेका छन् । दुवै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी बेथानचोक गाउँपालिका–२ का वर्ष ४५ की शारदा तिमल्सिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको, घाँटी र दुवै हात खुट्टामा चोट लागेको छ । घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया