धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

धनगढी : धनगढीमा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो । अस्पतालको एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । अस्पतालबाट नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित उनका परिवारका सदस्यको उपचार हुनेछ ।
‘सेनाको कल्याणकारी कोष लगानीमा सञ्चालनमा आएको अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सालगायत सेवा उपलब्ध हुने छ । अहिले भने केही सेवा मात्रै सञ्चालन गरिएको छ । अस्पताल निर्माणपछि सुदूरपश्चिम प्रदेशका सैनिक र उनका परिवारको स्वास्थ्योपचारमा सहज हुने विश्वास नेपाली सेनामको छ । सुदूरपश्चिम प्रदेशमा झण्डै ५० हजार नेपाली सेना र उनका परिवारका सदस्य छन् ।
यस्तै प्रदेशमा कोरोना बढेपछि सुदूरपश्चिम सरकारले पनि सेनाको अस्पतालबाट संक्रमितलाई उपचार गर्न आग्रह गरेको थियो । त्यस्का लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोगसमेत गरेको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया