मट्टितेल छर्केर जलाइएकी महिलालाई उपचार गर्न काठमाडौँ लगिँदै

धनगढी : डोटीमा शनिबार राति जलाइएकी महिलालाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ । आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटलाई उपचारका लागि काठमाडौँ लैजान लागिएको हो । विभिन्न सघसंस्थाको पहलमा गाउँबाट उद्धार गरेर आइतबार दिपायलको सुजंग अस्पतालमा भर्ना गरिएकी भाटको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने तयारी भइरहेको हो ।
आफ्नै पसलमा सुतिरहेको अवस्थामा पहिचान नखुलेका व्यक्तिले मट्टितेल छर्केर आगो लगाएका थिए । ‘एम्बुलेन्समा राखेर थप उपचारका लागि लैजाने तयारी भइरहेको थियो,’ नेपाली कांग्रेस डोटीका सभापति प्रदीपकुमार देउवाले भने, ‘गृहमन्त्रालयले हेलिकोप्टर पठाउने कुरा भएको छ ।’
यस्तै नेपाली कांग्रेसको राहत कोषबाट तत्काल १५ हजार रकम घाईते महिलालाई उपलब्ध गराएको पनि सभापति देउवाले बताए । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता इन्द्रबहादुर मल्लले शनिबार राती भाटको शरीरमा आगो लगाइएको बताए । घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेका उनले बताए ।

आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

प्रतिक्रिया