राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

काठमाडौँ– राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित गरेको विधेयक मंगलबारको राष्ट्रिय सभाको बैठकले पारित गरेको हो ।
राष्ट्र गानको प्रयोग, राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको मर्यादाक्रम निर्धारण, शोक तथा सम्मानमा दिने सलामी, राष्ट्रिय झण्डाको प्रयोग लगायतका विषय समेटेर यो विधेयक निर्माण गरिएको छ ।
राष्ट्रिय सभाबाट पारित उक्त विधेयकमा शिक्षकलाई पनि मर्यादाक्रममा समेटिएको छ । विधेयकमा माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ । माध्यमिक तह द्धितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ ।
यस्तै माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक २२ औँ स्थानमा राखिएको छ । मर्यादाक्रमको पहिलो स्थानमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष र पाँचौ स्थानमा प्रधानन्यायधीश रहने विधेकमा उल्लेख छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया