किसानलाई दिने सहुलियत ऋणको ब्याज कृषि उत्पादन सुरु भएपछि मात्रै : कृषि सचिव पौडेल

काठमाडाैँ– कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानलाई दिने सहुलियत ऋणको ब्याज कृषि उत्पादन सुरु भएपछि मात्रै लाग्ने नीति बनाएमात्रै किसानले राहत पाउनसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सचिव पौडलले यस्तो बताएका हुन् ।
सचिव पौडेलले पछिल्लो समय किसानलाई दिने सहुलियत ऋणको ब्याज ऋण दिएका दिनदेखि लागू हुने हुँदा किसानहरू मर्कामा पर्ने गरेको भन्दै अर्थ मन्त्रालयले यस्तो अवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।
सचिव पौडेलले कृषि उत्पादनको लागि किसानलाई उपलब्ध हुने सहुलियत पूर्ण ऋणको ब्याज कृषि उत्पादन सुरु भएपछि मात्रै ब्याज लाग्ने व्यवस्था हुनुपर्ने जनाए ।
सचिव पौडेलले सामान्य किसानले कृषि उत्पादन नभएसम्म सहुलियत ऋणको ब्याज तिर्न नसक्ने अवस्था रहेको बताए। उनले अब सरकारले पनि कृषि क्षेत्रमा लगानी बताउनु आवश्यक रहेको समेत बताए ।
सचिव पौडेलले भने, ‘कृषि उत्पादनको लागि किसानलाई सहुलियत पूर्ण ऋण उपलब्ध हुनुपर्छ । त्यस्तो सहुलियत ऋण पनि कृषि उत्पादन सुरु भएपछि मात्रै ब्याज लाग्ने व्यवस्था हुनुपर्छ । अहिले किसानले लिएको सहुलियत ऋणमा आजबाट नै ब्याज लाग्न सुरु हुने गरेको छ ।'
सचिव पौडेलले अगाडि भने, 'एउटा गाई पालेको किसानले गाई पालेको तीन वर्षमा गाई ब्याएपछि मात्रै ब्याज तिर्न सक्छ । यसरी तीन वर्षसम्म किसानलाई ब्याज लाग्नु भएन । यस्तो अवस्था छ अहिलेसम्म सहुलियत ऋण व्यवस्थित हुन सकेन । कृषि क्षेत्र संरक्षित क्षेत्र रहेको छ । अन्य देशहरूमा कृषि क्षेत्रमा ठूलो लगानी लगाएर बचाई रहेको अवस्था रहेकाले नेपालले पनि लगानी वृद्धि गरी कृषि क्षेत्रलाई संरक्षण गर्न आवश्यक छ ।’
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

प्रतिक्रिया