क्रिकेट विश्वकप छनोटः ओमान सेमिफाइनल नजिक पुग्दा बहराइनको पहिलो जित

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत ओमान र बहराइनले जित हात पारेका छन् ।
समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।
यसअघि सोमबार ओमानले मलेसियालाई ३२ रनले पराजित गर्दा सिंगापुरले नेपालसँग ८ विकेटको पराजय भोगेको थियो ।
लगातार दुई खेलमा जित हात पारेको ओमान सेमिफाइनल नजिक पुगेको छ । मंगलबार नै हुने खेलमा नेपालले मलेसियालाई पराजित गरेको खण्डमा नेपाल र ओमान अन्तिम चारमा प्रवेश गर्नेछन् ।
मंगलबारको खेलमा ओमानले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रनमात्र जोड्यो ।
यता समूह ‘बी’ अन्तर्गत मुलापानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गर्यो ।
सोमबार बहराइनले यूएईसँग ५ विकेटको पराजय भोगेको थियो भने हङकङले कुवेतलाई १६ रनले पराजित गरेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया