कोशीमा सरकार विस्तार नभएपछि एमालेले सुरु गर्याे मुख्यमन्त्री कार्कीसँग छलफल

विराटनगर- कोशी प्रदेशमा सरकार विस्तारबारे एमाले र मुख्यमन्त्री केदार कार्कीबीच औपचारिक छलफल सुरु भएको छ । सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी नपाएको र थप मन्त्रीहरू नियुक्त गर्न ढिलाई भइरहेको भन्दै एमालेले मुख्यमन्त्री कार्कीसँग सोमबार छलफल गरेको जनाएको छ ।
गत असोज २७ मा मुख्यमन्त्री नियुक्त भएर भोलिपल्ट पद तथा गोपनीयताको सपथ लिएका मुख्यमन्त्री कार्कीले उनलाई समर्थन जनाएको एमालेबाट संसदीय दलका उपनेता राम राना र नेता डा.शेखर कोइराला समूहका प्रदेश सभा सदस्य शम्शेर राईलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री कार्कीले दसैँअघि नै मन्त्रिमण्डल विस्तार गर्ने र मन्त्रीहरूको कार्यजिम्मेवारी पनि तोक्ने एमालेसँगको पूर्ववत् सहमति गठबन्धनका नेताहरूको दबाब भन्दै कार्यान्वयन गर्न सकेका छैनन् ।
कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले ४० सिट मध्ये उपसभामुख बाहेक ३९ सिटको समर्थन दिएपछि संविधान धारा १६८ को उपधारा (५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
२९ सिट रहेको कांग्रेसबाट डा.शेखर निकट ८ सांसदसहित प्रदेश सभाको न्यूनतम् बहुमत ४७ पुर्याएर उनी मुख्यमन्त्री बनेका हुन् ।
एमालेले सरकार निर्माण भएको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेकोप्रति चासो राख्दै मुख्यमन्त्री कार्कीसँग छलफल अघि बढाएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मुख्यमन्त्री कार्कीसहित बिनाविभागीय मन्त्री शम्शेर राई, एमाले संसदीय दलका उपनेता एवं बिनाविभागीय मन्त्री राम राना, एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारी लगायतका नेताहरूबीच कुराकानी भइरहेको जनाइएको छ ।
मुख्यमन्त्री कार्कीलाई एकातिर आफूलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेल्ने एमाले र आफू समर्थित सांसदहरू मध्येबाट मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ भने अर्कोतिर गठबन्धनको दबाबले कसरी अघि बढ्ने भन्ने अन्योल देखिन्छ ।
कोशी प्रदेशमा ९ वटा मन्त्रालय रहेका छन् । तर, नियुक्त भएका दुई मन्त्रीहरूले समेत मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित पाँचवटा मन्त्रालय पाउनु पर्ने माग राख्दै आएको छ ।
नियुक्त भएका मन्त्रीहरूले नै मन्त्रालयको जिम्मेवारी नपाएको अवस्थामा थप मन्त्रीहरू नियुक्त गर्न मुख्यमन्त्री कार्कीलाई सकस परेको हो । एमाले स्रोतका अनुसार मन्त्रिमण्डलमा पठाउनका लागि एमालेबाट नामहरू लगभग टुंगिएको जनाइएको छ ।

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_XZNKWQqeL0_zteo7jsxjss6z0jn5axzhyq0dxipaktnyhso6ug7y3vzjychddopklvxnusg.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया