पोखरा आईपुगे संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

पोखरा - नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आईपुगेका छन् । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत सोमबार दिउँसो पोखराको पुरानो विमानस्थलमा अवतरण गरेका हुन् ।
गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोलीले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा परिसरमा पोखराका विभिन्न संघसंस्थाले बाजागाजासहित मौलिक नृत्यले स्वागत गरेका थिए । विमानस्थलबाट उनी सिधैं लेकसाईडस्थित होटलमा गएका छन् ।
महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उनी मंगलबार बिहान अन्नपूर्ण आधार शिविर (एबिसी) का लागि निस्कने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । अन्नपूर्ण आधार शिविरमा आवश्यक तयारीका लागि शुक्रबार नै नेपाली सेनाको टोली पुगिसकेको छ ।
महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि १ वटा मात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ ।
नेपाली सेनाको टोली, छोम्रोङ पर्यटन व्यवस्थापन समितिको टोली, जिल्ला प्रहरी कार्यालय कास्कीको टिमसँगै गाउँपालिकाको टिम व्यवस्थापनका साथै स्वागतको तयारी जुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।
गाउँपालिकाको तर्फबाट स्थानीय गुरुङ संस्कृति अनुसार स्वागतको तयारी पनि गरिएको छ ।
आधार शिविरबाट महासचिव गुटेरेस ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । मंगलबार बिहान ८ः१५ बजे पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

प्रतिक्रिया