दसैँमा मकवानपुरमा १४ सवारी दुर्घटना

मकवानपुर- मकवानपुरमा यस वर्षको दसैँ अबधीमा १४ सवारी साधन दुर्घटनामा परेको छ । दसैँको १ हप्ताको अवधिमा जिल्लाको विभिन्न १२ स्थानमा १४ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
भण्डारीका अनुसार स्कुटर, मोटरसाइकल र क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्री, वीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने सहचालक १८ वर्षीय विपिन महत्तो र बागमती गाउँपालिका वडा नं.६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामी रहेका छन् ।
क्षेत्रीको भीमफेदीको जुरिखेतमा स्कुटर दुर्घटना हुँदा, महतोको चुरियामाई नजिक क्रेन दुर्घटना हुँदा र दर्लामीको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको उनले जानकारी दिए । गत वर्षको दसैँँको अवधिमा ६ स्थानमा ९ वटा सवारी साधन दुर्घटना भएकोमा ३ जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।
त्यसैगरी यस वर्षको दसैँमा बढी भाडा लिएको १० वटा सवारी साधनलाई कारबाही गरिएको छ । ६६ जना यात्रुको बढी भाडा २३ हजार २ सय २५ रुपैयाँ रकम फिर्ता गरिएको भण्डारीले बताए । मादक पदार्थ सेवन गरी १८ वटा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १ सय ७१ वटा, टिकट जारी नगर्ने ५८ वटा, अन्य ४ सय ६३ वटा गरी कुल ७ सय २० वटा सवारी साधनलाई कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया