राजकुमार खड्काको नेतृत्वमा एनआरएनए एनसीसी जर्मनी गठन

काठमाडौँ- विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) जर्मनीको १५ सदस्य कार्यसमिति गठन भएको छ । राजकुमार खड्काको अध्यक्षतामा कार्यसमिति गठन भएको हो । खड्काकै कानुनी पहलपछि जर्मनीको २०२१ को गैरकानुनी निर्वाचन अदालतबाट रद्ध भएको थियो।
अक्टुवर २९, २०२३ मा जर्मनीमा रहेका एनआरएनहरूको भेलाले एनआरएनए एनसीसी जर्मनी गठन गरेको हो । समितिले सदस्यता खुला गरेर नोभेम्बर २०२३ भित्रमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
समितिले कानुनविदहरूसँगको सल्लाहमा संस्थाको उपुक्त कानुनी र अन्य गतिविधिका प्रक्रिया पुरा गर्नेसमेत तयारी सुरु गरेको छ । समितिले जर्मनीमा रहेका सम्पूर्ण एनआरएनहरूको प्रतिनिधित्व हुने कुरामा विशेष घ्यान दिने बताएको छ।
कार्यसमितिलाई एनआरएनए आइसीसीको तर्फबाट अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङको हस्ताक्षरसहितको मान्यता पत्र तत्कालै पठाइने बताइएको छ ।
गठन गरिएको कार्यसमिति
१ ) राज कुमार खड्का
२) शिवकला गुरुङ (सानु गुरुङ)
३) अनु शाह
४) आशिष गुरुङ
५) सकुन्तला खनाल
७) मौसम शाक्य
८) नैनाकला वेलमान
९) लीला गुरुङ
१०) मिना कार्की
९) प्रकाश खनाल
१०) सर्मिला रोक्का
११) दीपेश खत्री
१२) सुजिता श्रेष्ठ
१३ ) प्रशान्त पोखरेल
१४ ) पासाङ्ग शेर्पा
१५ ) रञ्जिता श्रेष्ठ

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया