गुटेरेससँग शेखरको आग्रह : जलवायु परिवर्तनले नेपालीलाई परेको संकटबारे विश्वमञ्चमा आवाज उठाइदिनुस्

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे विश्वमञ्चमा कुरा उठाइदिन आग्रह गरेका छन् । आइतबार नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा कोइरालाले यस्तो आग्रह गरेका हुन् ।
कोइरालाको सचिवालयले दिएको जानकारीअनुसार कोइरालाले जलवायु परिवर्तनले नेपालीहरू एकदमै संकटमा परेको गुनासो गुटेरेसलाई गरेका थिए ।
'तपाईं एभरेस्ट बेस क्याम्प जाँदै हुनुहुन्छ भन्ने सुनेको छु । पहिले पनि त्यहाँ गइसक्नुभएको छ । पहिलेको तुलनामा अहिले जलवायु परिवर्तनको असर धेरै परेको छ । नेपालीहरू कति संकटमा छन् भन्ने त्यहाँ पुगेर तपाईंले महसुस गर्नुहुन्छ । विश्व मञ्चमा यो आवाज तपाईंले उठाइदिनुपर्छ,' कोइरालाको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो ।
गुटेरेसले आज कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन् । उनले सभापति शेरबहादुर देउवा, नेता डा. कोइराला, कानुनमन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङ, परराष्ट्रमन्त्रीसमेत रहेका नेता एनपी साउदसँग भेटर्वाता गरेका छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया