सुदूरपश्चिमका ६ मन्त्रीले एमालेलाई बुझाएनन् स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने तयारी

धनगढी : सुदूरपश्चिम सरकारमा नेकपा एमालेकोतर्फबाट शुक्रबार नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरणको समय सकिएको छ । तर तीन मन्त्रीले बुझाएका छैनन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारबाट फिर्ता हुने पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले शनिबार २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेको थियो ।
एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले ६ जना मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरण पेश नगरेको जानकारी दिए । ‘स्पष्टीकरण पेश गर्ने समय आइतबार नै सकिएको छ,’ रावलले इकागजसँग भने, ‘अहिलेसम्म जवाफ आएको छैन । अब उहाँहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढ्छ । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही हुने प्रदेश कमिटीले जनाएको छ ।
एमाले प्रदेश कमिटीले शुक्रबार नियुक्त भएका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो ।
यस्तै राज्यमन्त्रीमा नियुक्त एमालेकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराजलाई पनि स्पष्टीकरण सोधिएको थियो । गत सोमबार भएको एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
शुक्रबार मन्त्रीमण्डल विस्तार गरिएको थियो । एमाले प्रदेश कमिटीले यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अहिलेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई एमालेको साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय गरिसकेको छ ।

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

प्रतिक्रिया