लुम्बिनीमा मतदान सुरु : आजै नतिजा घोषणा हुने

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका मतदान सुरु भएको छ । घोराहिस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्महुनेछ । आज नै नतिजा घोषणा हुनेछ ।
उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
प्रदेश सभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउनेछन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चार जनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छन् ।
राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभातर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चार जना प्रदेश सभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेश गरेको हो । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेले मतदान गर्न पाउने भएका हुन् । यता निर्वाचन आयोगले गरेको निर्णयको विरोध गठबन्धनले गरेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमाले र गठबन्धनको उम्मेदवारबीच कडा टक्कर हुने विश्लेषण गरिएको छ । जनता समाजजादी र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जितेकाहरूनै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न कस्सिएको पाइएको छ ।
लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दाबी गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ ।
एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वलीसहित), जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेश सभामा छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया