२८ करोड बढीको लागतमा निर्माण भएकाे धनगढी सभागृह अलपत्र

कैलाली- साढे २८ करोडको लागतमा बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको धनगढी सभागृह अलपत्र परेकाे छ । धनगढी उपमहानगरपालिका–८ मा निर्माण सम्पन्न भएको धनगढी सभागृह सञ्चालनमा नआउँदा अलपत्र परेको हाे ।
सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभागृहको संरचना निर्माण गरेको हो । सरकारी लगानीमा करोडौँ रकम खर्च गरेर निर्माण गरिएको सभागृह सञ्चालनमा नआउँदा सरकारी कार्यक्रम भने लाखौँ रुपैयाँ खर्चेर होटल तथा पार्टी प्यालेसहरूमा हुँदै आएका छन् ।
राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा ९ सय जना क्षमताको एक मुख्य अडिटोरियम, २५० जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एक अतिविशिष्ट कक्ष र २ वटा रिहर्सल कक्ष छ । करिब ४ सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ समेत रहेको छ ।
त्यस्तै, आयोजना कार्यालयका अनुसार बिजुली बत्तीसहित तातो–चिसोका लागि एसी तथा हिटर, खानेपानी जडान र बगैंचा डिजाइन लगायत सम्पूर्ण कार्य गत वर्ष नै सम्पन्न भए पनि सञ्चालनमा नआउँदा जीर्ण बन्ने हो कि भन्दै स्थानीय समेत दुखी छन् ।
धनगढीमा बनेको सभागृह निर्माण सम्पन्न भएपछि संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सो सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो । तर, धनगढी उपमहानगरपालिकाले स्वामित्व लिन नमानेपछि सभागृह कसले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल छाएको हो ।
डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानीमा बनेको सभागृहको निर्माण, रङरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण मुख्य कार्य २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण समेत गरिसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरणको तयारी समेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि अहिले सभागृह अलपत्र छ ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया