मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार असोज ८ गते बुधबार बेलुका भिमफेदी ६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा काठमाडौँ तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०२७ प ४८४२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौँ-२७ महाबौद्ध बस्ने ६५ वर्षीय शसिराज पाण्डे र उनकी श्रीमती ६२ वर्षीया राज्यश्री थापा क्षेत्री घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा राज्यश्री थापालाई बेलुका ७:२० बजे डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते भएका पाण्डे र थापालाई सडकबाट ५०/६० मिटर तलबाट उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । स्कुटर सडकबाट करिब १ सय मिटर तल खसेको साथै स्कुटरको नम्बर घाइते पाण्डेले जानकारी गराएको भण्डारीले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया