मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

ईन्द्रसरोवरमा सुमो दुर्घटना, १३ जना घाइते

मकवानपुर- मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

मंगलबार बिहान ३:३५ बजे ईन्द्रसरोबार-५ मकैबारीस्थित कुलेखानि मातातिर्थ हुँदै काठमाडौँ जाने भित्रि सडकखण्डमा सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमो चालकसहित १३ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाईते सुमो चालक प्रहरी नियन्त्रणमा रहेको छ भने अन्य घाइतेहरुलाई उपचारको लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । सबै यात्रुहरु भारतका रहेका छन ।

सुमो दुर्घटनामा घाइते हुनेहरुमा बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने २५ वर्षीय अनिल कुमार शाहसँगै भारतको छत्तिसगढको जानकी चापा निवासी २५ वर्षीया रचना कुमारी सुर्यबंशी, ३५ वर्षीया गंगा देवि सुर्यबंशी, ३० वर्षीया मधु सुर्यबंशी, ३७ वर्षीय ईन्द्र सेन, ३१ वर्षीया रितु सुर्यबंशी, २९ वर्षीया सरोजनी देवी, ११ वर्षीया प्रतिभा सुर्यबंशी, २ वर्षकी दिब्या सुर्यबंशी, ४ वर्षका प्रतिक सुर्यबशी, ३१ वर्षीय विजय कुमार सुर्यबंशी, ३५ वर्षका अजय कुमार सुर्यबंशी र नाम नखुलेकी एक महिला रहेकी छन् ।