नेपाल प्रहरीको काठमाडौं उपत्यकामा आज निःशुल्क बस सेवा

काठमाडौँ- बडा दसैंअन्तर्गत आज टीकाको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ ।
टीकाको दिन सार्वजनिक सवारीसाधन पाइने सम्भावना कम भएका कारण नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरिरहेको हो ।
नेपाल प्रहरीले जनाएअनुसार आज दुईवटा बसले निशुल्क सेवा प्रदान गर्नेछ । दुवै बस बिहान ८:३० बजेबाट सुरू हुने छ ।
रूट नम्बर १ को बस नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथ हुँदै चल्ने छ ।
त्यसैगरी, रूट नम्बर २ को बस चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म चल्ने छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया