राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ । अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ । रासस

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

प्रतिक्रिया