कोभिड सङ्क्रमित पत्रकार रवीन्द्र गौतमको मृत्यु

हेटौंडाः दोलखाका पत्रकार रवीन्द्र गौतमको कोभिडको कारण आइतबार काठमाडौँमा मृत्यु भएको छ । जेठ ९ गते दोलखाको चरिकोटमा थप उपचार सम्भव नभएपछि उनलाई एयर एम्बलेन्सबाट काठमाडौंको एभरेष्ट अस्पतालमा लगिएको थियो ।
३८ वर्षीय गौतम पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्य, रेडियो भिमेश्वरका स्टेशन म्यानेजर र अन्नपूर्ण पोष्टमा कार्यरत थिए । हालसम्म बागमती प्रदेशमा ५० जना भन्दा बढी पत्रकारमा संक्रमण पुष्टि भइसकेको छ । प्रदेशमा पत्रकारको मृत्यु भएको यो पहिलो घटना भएको पत्रकार महासंघ बागमती प्रदेशको महासचिव कृष्ण सारु मगरले जानकारी दिए ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया